गण्डकी प्रदेश प्रमुख गुरुङद्वारा पदवहाली

गण्डकी । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले पदवहाली गरेका छन् । सोमबार गुरुङले पदवहाली गरेका हुन् । त्यस अवसरमा प्रदेश प्रमुख गुरुङले नेपालीले ६/७ दशकदेखि लोकतन्त्रका लागि सङ्घर्ष गरेको उल्लेख गर्दै यसको संस्थागत विकास र प्रवद्र्धन हामी सबैको साझा कर्तव्य हो भएको बताए ।

प्रदेश प्रमुख गुरुङलाई स्वागत गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लोकतन्त्रका लागि दशकौंदेखि सङ्घर्षरत व्यक्तिलाई प्रदेश प्रमुखको रुपमा पाइएको बताउँदै सरकार समृद्ध प्रदेश निर्माणको अभियानमा जुटिरहेका अवस्थामा प्रदेश प्रमुख गुरुङको उपस्थिति गौरवपूर्ण भएको उललेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *