‘गौर हत्याकाण्ड’लाई सम्झाउने यो झडप(भिडियोसहित)

काठमाडौं । २०६३ साल चैत्र ७ गते रौतहटको गौरस्थित राईसमिलमा मधेशी जनाधिकार फोरम र तात्कालीन नेकपा माओवादी एउटै स्थानमा सभा गर्न लाग्दा दुई पक्ष बीच झडप हुदा २७ जना माओवादी कार्यकर्ताको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको थियो । सोही झडपमा कैयौ घाइते भएका थिए ।

त्यो हत्याकाण्ड ‘गौर हत्याकाण्ड’ का नामले चिनिन्छ । अहिले सोही काण्डलाई सम्झाउने दृष्य सामाजिक संजालमा भाइरल बनेको छ । रौतहटको माधवनारायण नगरपालिका–४ स्थित विसुनपूर्वामा दुई समूहबीच भएको झडपमा १९ जना घाइते भएका छन् ।

स्थानीय श्री माध्यमिक विद्यालयमा विद्यार्थी भर्नाको विषयलाई लिएर दुई पक्षबीच आइतबार दिउँसो विवाद हुँदा भएको झडपमा १९ जना घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका सदस्य पक्षका ८ र अभिभावक पक्षका ११ जना घाइते भएका हुन् । घाइतेमध्ये एक जनालाई काठमाडौं रिफर गरिएको छ भने दुई जनाको वीरगञ्जस्थित तराई हस्पिटलमा उपचार भइरहेको छ। बाँकी घाइतेहरूको अवस्था समान्य रहेको गरुडाका डिएसपी श्रीराम भण्डारीले जानकारी दिएका छन् ।

उनका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मृत्यु भएपछि नयाँ समिति चयन गर्नुअघि विद्यार्थी भर्ना गर्न पुगेका अभिभावक रामकलेश्वर मुखिया र प्रधानाध्यपक राजेश राय यादवबीच विवाद भएको थियो ।

अभिभावकको सही नभएको भनेर प्रधानाध्यापकले भर्ना लिन नमानेपछि विवाद भएको थियो । झगडा गर्ने दुबै पक्षका मुख्य एक–एक जनालाई नियन्त्रणमा लिइएको डिएसपी भण्डारीले बताए। झडप भएका दुबै पक्षबीच अहिले इलाका प्रहरी कार्यालय गरुडामा छलफल चलिरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *