USAID

ललिता निवास जग्गा प्रकरणका मुख्य बिचौलियासहित ३२ जना अझै फरार


काठमाडौं । बालुवाटारस्थित ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा किनबेच गरेर भ्रष्टाचार मुद्दामा मुछिएका मुख्य विचौलिया अझै फरार रहेका छन् । फरार हुनेमा मुख्य विचौलिया रामकुमार सुवेदीसहित ३२ जना छन् ।

अदालतले म्याद गुजारेर उपस्थित नहुनेको हकमा मुद्दा पेसी चढाएर प्रक्रिया अगाडि बढाउने तयारी थालेको छ । पटकपटक म्याद जारी गर्दा पनि अटेर गरेपछि विशेष अदालत फरार रहेकाहरुको हकमा च्रष्टाचार मुद्दामा पेसी चढाउने तयारीमा रहेको बुझिएको छ ।

फरार रहेकाहरुलाई इजलासको आदेशबाट एकपटक सार्वजनिक सूचना जारी गर्न लगाउने र सो प्रक्रिया गर्दा पनि अनुपस्थित भएमा मुद्दाको प्रक्रिया अगाडि बढाउने तयारी छ ।

विशेष अदालतले म्याद जारी गरेर पनि अनुपस्थित हुनेमा रामकुमार सुवेदी, हाटक शमशेर, शशिकला सुब्बा, विवेककुमार सुवेदी, रुपेश शमशेर राणा, हिमान्द्री शमशेर जबरा रहेकाे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *