भीडले खोप केन्द्र ‘अस्तव्यस्त’

काठमाडौं, साउन ५ । कोरोना विरुद्धको भ्याक्सिन लगाउन सरकारले सीमित खोपकेन्द्र तोक्दा अत्यधिक भीडभाडले राजधानीका केन्द्रहरू नै ‘अस्तव्यस्त’ बनेका छन् ।

‘खोप’ को प्रतीक्षामा ठूलो संख्यामा मानिसहरू लाइनमा बस्दा सरकारले तोकेको केन्द्रहरूलाई धान्नै कठिन भएको हो । सोमवार मात्रै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको स्थिति ‘असामान्य’ बन्यो ।

एकैदिन १ हजारभन्दा बढी लाइनमा बस्दा उक्त खोप केन्द्रलाई भीड धान्नै मुश्किल परेपछि प्रहरी नै लगाएर भीड हटाउनु परेको छ । अमेरिका सरकारले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सन खोप लगाउन लाइनमा बसेकाहरूको भीड धेरै भएको भन्दै प्रहरी लगाएरै उनीहरूलाई फिर्ता पठाउनु परेको हो । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *