पर्सामा दुई जना जनप्रतिनिधि ब्राउनसुगरसहित पक्राउ

वीरगंज । पर्सामा एक वडा अध्यक्ष र वडा सदस्य सरकारी मोटरसाइकलमा लागूऔषध ओसारपोसार गरिरहेको अवस्थामा पक्राउ परेका छन् ।

पर्साको पकाहमैनपुर गाउँपालिका वडा नम्बर १ धोरेका वडा अध्यक्ष अम्बिका सहनी, वडा सदस्य बलिष्टर सहनी र प्रह्लाद सहनी सरकारी नम्बरको मोटरसाइकलमा लुकाएर राखेको लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका हुन् । वडा अध्यक्ष अम्बिका सहनी र वडा सदस्य बलिष्टर सहनी नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन् ।

ईलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले तीनै जनालाई विशेष सूचनाको आधारमा गएराति १० बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ बर्वा नजिकैबाट सरकारी नम्बरको मोटरसाइकलमा ब्राउन सुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डेका अनुसार विशेष सूचनाको आधारमा वडा अध्यक्ष सहनी चढेको ना १ ब ३५९५ नम्बरको गाउँपालिका कार्यालयको पल्सर मोटरसाइकललाई रोकेर जाँच गर्दा मोटरसाइकलको फिल्टर बक्सबाट ७९ ग्राम ब्राउनसुगर जस्तो देखिने बस्तु फेला परेको थियो ।

प्रहरीले सहनीसँगै आएको ना ६२ प १९४२ मा सवारी वडा सदस्य ४० वर्षीय बलिष्टर सहनी र सोही मोटरसाइकल पछाडी सबार ५२ वर्षीय राम आदेश सहनीलाई पनि नियन्त्रणमा लिएर आवश्यक कार्यवाही अगाडी बढाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *