USAID

बजेट अध्यादेश संसद्मा पेश


काठमाडौं, साउन ४ । अध्यादेशबाट ल्याइएको चालू बजेटलाई अर्थमन्त्री जनार्दन शर्माले संसद्मा पेश गरेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारका तत्कालीन अर्थमन्त्री विष्णु पौडलले गत जेठ १५ मा प्रस्तुत २०७८÷७९ को बजेट अध्यादेशलाई शर्माले संसद्मा पेश गरेका हुन् ।

संविधानमा जेठ १५ मै अर्थमन्त्रीले संघीय संसद्मा बजेट पेश गर्नुपर्ने भएपनि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधि सभा विघटन भएपछि अध्यादेशमार्फत् बजेट ल्याइएको थियो । नयाँ संविधान जारी भएपछि बजेट कार्यान्वयन हुने वर्षमा बजेट संसदमा पेश भएको यो पहिलो घटना हो ।

आर्थिक अध्यादेश, विनियोजन अध्यादेश, राष्ट्रिय ऋण उठाउने अध्यादेश मन्त्री शर्माले संसद्मा पेश गरेका हुन् । आर्थिक अभियान दैनिकबाट


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *