संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

काठमाडौं। सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश खारेजीका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सो अध्यादेश खारेज गरेकी हुन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज भएको राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको यसअघिको सरकारले सो अध्यादेश ल्याएको थियो । सो अध्यादेशमा टेकेर सरकारले विभिन्न संवैधानिक अंगमा नियुक्ति गरेको थियो । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *