ह्वाट्सएपमा बिनामोबाइल फोन सन्देश आदानप्रदान गर्न मिल्ने सुविधा

चर्चित मोबाइल एप ह्वाट्सएपले पहिलो पटक बिनामोबाइल फोन सन्देश आदानप्रदान गर्न मिल्ने सुविधाको परीक्षण गरिरहेको छ । अहिलेसम्म ह्वाट्सएपको कम्प्युटर वा ब्राउजरमा चलाउन मिल्ने एप चलाउनका लागि फोन अनिवार्य थियो ।

तर थपिन लागेको नयाँ सुविधामा मोबाइल फोन अफ भएपनि कम्प्युटर वा ब्राउजरबाट ह्वाट्सएप चलाएर सन्देश आदानप्रदान गर्न सकिनेछ । एकैपटक कम्प्युटर वा ट्याब्लेटजस्ता चार वटासम्म उपकरणमा ह्वाट्सएप प्रयोग गर्न सकिने फेसबुकले जनाएको छ । तर यो सुविधा सुरुमा परीक्षणका लागि प्रयोगकर्ताको सानो समूहलाई दिइनेछ।

परीक्षणपछि यसलाई सुधार गरेर सबैले चलाउन सक्ने बनाउने बताइएको छ । सन्देशहरू बीचमा अरू कसैले पढ्न नसक्ने बनाउने ह्वाट्सएपको महत्वपूर्ण सुविधा एन्ड–टु–एन्ड इन्क्रिप्शनको सुरक्षाकवच पनि कायम रहने बताइएको छ ।

ह्वाट्सएपजस्ता अन्य एपमा यस्तो सुविधा पहिल्यै विद्यमान छ। सिग्नल नामक एपलाई सुरुमा दर्ता गर्न फोन चाहिए पनि त्यसपछि बिनाफोन चलाउन सकिन्छ । दुई अर्ब प्रयोगकर्ता ह्वाट्सएपमा यस्तो सुविधा थप्न पहिलेदेखि प्रयोगकर्ताले अनुरोध गरेको बताइएको छ ।

यससम्बन्धी ब्लगमा फेसबुकका इन्जिनियरहरूले यो सुविधा थप्न ह्वाट्सएपको सफ्टवेअर डिजाइन नै नयाँ तरिकाले बनाउनुपरेको बताइएको छ । यसको कारण ह्वाट्सएपले अहिले फोनलाई प्रमुख उपकरण मान्ने र त्यसको आधारमा मात्रै सन्देश आदानप्रदान वा कुराकानीलाई गोप्य हुने इन्क्रिप्शन गर्ने हुनु बताइएको छ । ह्वाट्सएपका ब्राउजर वा कम्प्युटर एपहरू भने फोनको एपको प्रतिविम्बजस्तो मात्रै छन् ।

तीमध्ये ९५ प्रतिशत प्रयोगकर्तालाई आफूले पाएको सन्देश अरूलाई पठाउन तोकिएको सङ्ख्याको सीमा नाघेकाले कारबाही गरिएको हो । यो तथ्याङ्क भारतको विवादास्पद सूचना प्रविधि नियमअन्तर्गत ह्वाट्सएपले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

भारतमा ह्वाट्सएपका सबैभन्दा बढी ४० करोड प्रयोगकर्ता छन् । ती प्रतिबन्ध मे १५ देखि जुन १५ सम्म अस्वाभाविक रूपमा धेरै सन्देश फर्वार्ड गर्ने प्रयोगकर्तालाई लगाइएको बताइएको छ । ह्वाट्सएपले संसारभरि प्रतिमहिना ८० लाख खाताहरू प्रतिबन्धित गर्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *