सुनकोसी पुल निर्माणः दोश्रो म्याद गुज्रिँदा ५२ प्रतिशत भौतिक प्रगति बाँकी

खोटाङ । दोश्रोपल्ट थप भएको म्याद नाघ्दा खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारस्थित सुनकोसी पुलको भौतिक प्रगति ४८ प्रतिशत मात्र पुरा भएको छ ।

निर्माण कम्पनी कम्पनी गौरी पार्वती वाईपी जेभीको ढिलासुस्तीका कारण दिक्तेल–गाईघाट सडक खण्ड अन्तरगत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसी पुलको भौतिक प्रगति अझै ५२ प्रतिशत बाँकी देखिएको हो ।

१२० मिटर लम्बाई हुने ‘आर्क’ डिजाईन पुलको हालसम्म वित्तिय प्रगती ४५ प्रतिशत र भौतिक प्रगति ४८ प्रतिशत मात्र सम्पन्न भएको सडक बिभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ सुनसरीका साईड इन्जिनियर रबि शाहले बताए ।

फोक्स्ङिटार पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, प्रदेशसभा सांसद रामकुमार राई, पुर्वसभासद अर्जुन राई लगायतको टोली असार २२ गते भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बशन्त नेम्वाङलाई भेट्न पुगेपछि भएको छलफलमा पनि पुल निर्माणको सोही प्रगति विवरण सुनाइएको थियो ।

पुल निर्माणका लागि दोश्रोपल्ट थप भएको म्याद गत असार १२ गर्ने सकिएको छ । हालसम्म भ्याट र पिएस समेतगरी १० करोड ३३ लाख १४ हजार भुक्तानी भएको पुल योजना पुर्वी क्षेत्र सेक्टर नम्बर १, धरानले जनाएको छ । नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *