किन गरिन् अभिनेत्री जेनी कुँवरले आत्महत्या

काठमाडौं। नेपाली चलचित्र अभिनेत्री जेनी कुँवर (जानकी) ले आत्महत्या गरेकी छन् । गत वर्षबाट मानसिक तनाव भोगिरहेकी जेनीलाई बिहीबार बेलुका करिब ८ बजेतिर काठमाडौं थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टको उनकै फ्ल्याटमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेका अनुसार उनको शव सोही अपार्टमेन्टभित्र झुन्डिएको अवस्थामा पाइएको थियो ।

यो समाचार तयार पार्दासम्म प्रहरीले उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ । प्रारम्भिक अनुसन्धानपछि मुचुल्का तयार गरेर शवलाई पोस्ट मार्टमका लागि पठाएको प्रहरीले जनाएको छ । उनको पोस्टमार्टम र थप अनुसन्धानपछि आत्महत्याको कारण खुल्ने प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार मानसिक समस्याका कारण उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । आजको राजधानी दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *