USAID

जीप दुर्घटनामा परी उदयपुरमा एक युवकको मृत्यु


उदयपुर । उदयपुरको कटारीबाट रुपाटार जाँदै गरेको जीप दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जीप दुर्घटनामा ताप्ली–५ का २५ वर्षीय रमेश नेपाली मृत्यु भएको हो ।

कटारी बजारबाट ताप्लीको रुपाटार जाँदै गरेको प्रदेश २–०१००१–च –००५० नम्बरको बोलेरो जीप डुढेस्थित भित्री सडकखण्डको उकालोमा चढ्न खोज्दा चिप्लिएर दुर्घटनामा परेको प्रहरीले बताएको छ । नेपालीको शव परीक्षणका लागि कटारी अस्पतालमा राखिएको र फरार जीप चालकको प्रहरीले खोजी गरिरहेको पनि जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *