एनआरएनए पोल्याण्डको महासचिवमा पवन खड्काको उम्मेद्धवारी घोषणा

शेरबहादुर परियार, यूरोप । गैर आवासीय नेपाली संघ पोल्याण्डको आगामी २०२१-२०२३ को कार्यकालका लागि पवन खड्काले महासचिवमा उम्मेद्वारी घोषणा गरेका छन् ।

आगामी जुलाई १९ मा हुनगइरहेको निर्वाचनमा महासचिव पदकाे लागि खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेद्वारी घोषणा गरेका हुन् । उनले एनआरएनए पोल्याण्डलाई पारदर्शीता, राम्रो कामको निरन्तरतामा, पदाधिकारीहरूको कार्यविभाजन र कार्यालय चुस्तरुपमा संचालन गर्ने प्रतिवद्धता जनाएका छ्न् । अनुशासनकाे पालना, अग्रजहरुको सम्मान तथा नयाँलाई प्रोत्साहन एवम् क्षेत्रीय कमिटी गठनलगायत सामान्य देखिने तर महत्वपूर्ण योजनाहरू कार्यान्वयन गर्ने बताएका छन् ।

मौजुदा कार्यसमितिमा अर्थ समितिको सचिवमा अब्बल देखिएका खड्का आफ्नो ऐजेण्डामा दृढ अडान राख्नसक्ने क्षमता भएको मानिन्छन् । आफ्नो उम्मेद्धवारी घोषणासँगै उनले आफ्ना प्रतिवद्धताकाहरु पनि सार्वजनिक गरेका छन् ।

उनकाे प्रतिवद्धता जस्ताको त्यस्तैः

आदरणीय पोल्याण्ड बासी दाजुभाइ तथा दिदीबहिनीहरु,

नजिकिदै गरेको गैर आवसीय नेपाली संघ पोल्याण्डको अधिवेशनमा हजुरहरुको चाहना अनुरुप म पनि महासचिव पद को लागी उमेदवारी दर्ता गर्न गैरहेको छु । सधैँ झैं यहाँहरुको साथ र सहयोग ममाथि रहिरहनेछ भन्ने आशा राखेको छु । संस्थामा भैरहेको र हुने कामको पारदर्शीता, राम्रो कामको निरन्तरतामा मेरो जोड रहने छ । पदाधिकारीहरु कार्यविभाजन र कार्यालय चुस्त रुपमा संचालन र अनुशासित हुँदै, अग्रजहरुको सम्मान तथा नयाँलाई प्रोत्साहन गर्ने, क्षेत्रीय कमिटी गठन गर्न समितिमा प्रस्ताव गरी सकेसम्म सर्बसम्मत नभए बहुमतबाट भए पनि क्षेत्रीय कमिटी गठन गर्ने प्रतिबद्द्ता जाहेर गर्दछु । एनआरएनएहरु (पोल्याण्डबासी )को जय होस् । पवन खड्का फोन: 0048 517850523

Leave a Reply

Your email address will not be published. Required fields are marked *