प्रज्जवल थापा । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ । स्पेनमा हुने भनिएको आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबिच हुने भनिएको त्रिकोणात्मक सिरिज स्थगित भएसँगै बन्द प्रशिक्षणपनि स्थगित भएको हो ।
बिहीबार नेपाल क्रिकेट संघ(क्यान)ले फ्रेस विज्ञप्ति जारी गर्दै उक्त सिरिज कोभिड-१९ को कारण एक वर्षको लागि स्थगित भएको जानकारी दिएको थियो । सिरिज यहि जुलाईको अन्तिम सातादेखि स्पेनमा हुने तालिका थियो । सिरिजको लागि २० खेलाडी छनोट गर्दै टोलीले मंगलबारबाट प्रशिक्षण शुरु गरेको थियो ।
बन्द प्रशिक्षण स्थगित भएपनि स्वास्थ्य मापदण्ड पालना गर्दै सानो समूहमा टियु मैदानमा मुख्य प्रशिक्षक डेभ वाटमोर र फिजियो विक्रम न्यौपानेको निगरानीमा प्रशिक्षण जारी रहने क्यानले जनाएको छ ।