एजेन्सी । युरोपियन फूटबलको सर्वोच्च निकाय(युइएफए)ले २०२१/२२ सिजनबाट लागुहुने गरी अवे गोलको नियम हटाएको छ । सन् १९६५ देखि लागु हुदै आएको अवे गोल नियम आउने सिजन देखि हटाइने युईएफएले जनाएको छ ।
दुई लेगको खेलमा यदि दुवै टोलीले समान गोल गरेको अवस्थामा अवे मैदानमा बढी गोल गर्ने टोली स्वतः विजयी हुने चलन रहँँदै आएको थियो । तर अब अवे गोल नियम हटेपछि दुवै लेगमा समान गोल भएको खण्डमा ३० मिनेटको अतिरिक्त समय थप गरिनेछ ।
अतिरिक्त समयमापनि बराबर गोल भएमा विजेताको टुंगो पेनाल्टी सुटआउटबाट हुने युईएफएले जनाएको छ । यस नियम युईएफएले आयोजना गर्ने सम्पुर्ण पुरुष, महिला र युवाहरुको प्रतियोगितामा लागू हुनेछ ।
