जनकपुरधामको बजेट एक अर्ब ४७ करोड

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि एक अर्ब ४७ करोड ३० लाख ८३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

उपमहानगरपालिकाको सातौंँ नगरसभामा उपप्रमुख रीताकुमारी झाले चालु खर्चतर्फ ९८ करोड २०लाख ६० हजार र पूँजीगततर्फ ४९ करोड ५० लाख २३ हजार रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन् ।

उपमहानगरपालिकाले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारबाट प्राप्त सशर्त अनुदान रकमका अतिरिक्त स्वास्थ्यतर्फ एक करोड ५० लाख विनियोजन गरेको छ ।

जनकपुरधाम पर्यटन प्रवद्र्धन तथा विकास सम्बन्धित विविध कार्यक्रमका लागि ५० लाख विनियोजन गरेको छ । आगामी आर्थिक वर्षदेखि उपमहानगरपालिका भित्र स्नातकस्तरको प्राविधिक शिक्षालय सञ्चालन अनुमति प्राप्त गरी प्राविधिक शिक्षालय सञ्चालनका लागि ४० लाख नियोजन गरिएको छ । स्वास्थ्य स्वयंसेविकाको योगदानको कदर गर्दै वार्षिक पोशाक खर्च रु १० हजार र मासिक रुपमा प्राप्त गर्दै आएको यातायात खर्चमा ५०० रुपैयाँ वृद्धि गरिएको छ ।

श्रमजीवी पत्रकारको बीमा गर्ने व्यवस्था मिलाउन नेपाल पत्रकार महासंघ धनुषालाई तीन लाख र उपमहानगरपालिकाका सम्पूर्ण सञ्चारमाध्यमलाई समानुपातिक ढंगले लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन तीन लाख विनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *