हामीहरु सेटिङ गरेर शासन गर्नेवाला होइनौंः प्रचण्ड

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षा गर्दै संविधानको समयानुकुल परिमार्जन गर्ने उद्देश्यको जगमा पाँच दलीय गठबन्धन सम्भव भएको बतताएका छन् ।

बिहीबार सम्पादकहरुसँगको छलफलमा अध्यक्ष प्रचण्डले विपक्षी दलहरु बीचको गठबन्धन सद्धान्तिक, व्यवहारिक, राजनीतिक र राष्ट्रिय भावनाको आधारलाई समेटेर बनाइएकोले लामो समयसम्म सँगसँगै जानसक्ने बताए ।

उनले संविधानको रक्षा गर्दै समयानुकुल परिमार्जन गर्दै लैजाने उद्देश्यमा केन्द्रित रहेर गठबन्धन बनेको बताए । अहिलेको संघर्ष प्रधानमन्त्री कसलाई बनाउने भन्ने नभई राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बीचको रहेको बताए ।

उनले ०४६ साल र ०६२÷०६३ सालमा लोकतन्त्रवादी र वामपन्थीको मिलेमतोमा आन्दोलन सफल भएको उल्लेख गर्दै अहिलेपनि केपी ओलीको निरंकुशताले लोकतन्त्रवादी र वामपन्थीलाई एकै ठाउँमा ल्याइपुर्याएकाले आन्दोलन सफल हुने बताए ।

उनले भने, ‘सैद्धान्तिक, व्यवहारिक, राजनीतिक र राष्ट्रिय भावनाको आधारलाई पनि समेटेर जानुपर्छ भन्ने निष्कर्षसहित गठबन्धन अगाडी गएको छ । यो गठबन्धन कुनै अवसरवादी गठबन्धन होइन । प्रधानमन्त्रीको निम्ति भएको संघर्ष पनि होइन । यो संविधान, लोकतन्त्र र राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बिचको लडाइँ हो । सिस्टम बचाउने वा नबचाउने भन्ने विचको लडाइँ हो ।’

अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतमा आफूहरुको कुनै सेटिङ नभएको बताए । मन्त्री नियुक्ति बदर गर्ने सर्वोच्चको फैसला अघि आफूले बोलेको कुरालाई सेटिङ भन्दै टिप्पणी गरिएको भन्दै उनले आफूहरु सेटिङ गरेर शासन गर्नेवाला नभएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले न्यायाधीश र राज्यका अन्य निकायलाई प्रभावमा राख्ने प्रयास गरेको उनले जिकिर गरे । राष्ट्रपतिले आफ्नो मान, सम्मान गुमाएको पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *