स्पेनमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्थगित

प्रज्जवल थापा । स्पेनमा हुने भनिएको आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबिच हुने भनिएको त्रिकोणात्मक सिरिज स्थगित भएको छ । बिहीबार नेपाल क्रिकेट संघ(क्यान)ले प्रेस विज्ञप्ति जारी गर्दै सिरिज कोभिड-१९ को कारण एक वर्षको लागि स्थगित भएको जानकारी दिएको हो ।

सिरिज जुलाईको अन्तिम सातादेखि हुने तालिका रहेको थियो । सिरिजको लागि नेपाली टोलीले मंगलबारदेखि बन्द प्रशिक्षण शुरु गरेको थियो । प्रतियोगितामा ४ खेल खेलिसकेको नेपाल ४ अङ्क जोड्दै अङ्कतालिकाको छैंटौ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *