यी हुन् सन्तोषी सुब्बाका हत्या अभियुक्त

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा सन्तोषी सुब्बाको हत्या आरोपमा पक्राउ परेका सुरेश तिमल्सिनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखाले बिहीबार पत्रकार सम्मेलन गरी अभियुक्त तिमल्सिनालाई सार्वजनिक गरेको हो ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ घर भइ दक्षिणकाली नगरपालिका ७ बस्ने २९ वर्षीय सुरेशले सन्तोषीको हत्या गरेको खुलेपछि असनबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

असार ६ गते दक्षिणकाली पुगेकी सन्तोषीले सुरेश तिमल्सिनासँग खाने र बासको समस्या भएको बताएपश्चात अभियुक्तले खाना र सुत्ने व्यवस्था मिलाइदिन्छु भन्दै दक्षिणकाली मन्दिर नजिकै जंगलमा पुर्याएका थिए ।

पिकनिक स्थलमा रहेको सार्वजनिक शौचालय नजिक उनको शव फेला परेको थियो । घटनास्थलमा उनले जरबरजस्ती गर्नेक्रममा सन्तोषीले प्रतिकार गरेपछि सुरेशले घाँटी थिचि मृतकको सलले घाँटीमा बेरी हत्या गरेको खुलेको प्रहरीले बताएको छ । उनले हत्या पश्चात अनुहारमा पटक पटक ढुंगाले प्रहार गरी फरार भएको पाइएको पनि प्रहरी अनुसन्धानबाट खुलेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *