एजेन्सी । युरोकप २०२० को समूहचरणको खेलहरु समाप्त भैसकेको छ । प्रतियोगितामा सहभागी ३२ टोलीबाट १६ टोलीले नकआउट चरणमा आफ्नो स्थान पक्का गर्दा १६ टोली प्रतियोगिताबाट बाहिरिएका छन् ।
६ टोली समूह विजेता, ६ टोली समूह उपविजेता र चार टोली तेस्रो स्थानमा रहने उत्कृष्ट टोलीको रुपमा अन्तिम १६ मा प्रवेश गरेका हुन् । यससँगै नकआउट चरणका खेलहरु जुन २६ शनिबारबाट शुरु हुनेछन् ।
नकआउट चरणमा पुग्ने टोलीहरु
समूह विजेता:- इटाली, बेल्जियम, नेदरल्यान्ड्स, इंग्ल्यान्ड, स्वेडेन, फ्रान्स
समूह उपविजेता:- वेल्स, डेनमार्क, अष्ट्रिया, क्रोएसिया, स्पेन, जर्मनी
तेस्रो स्थानमा रहने उत्कृष्ट टोली:- स्वीजरल्यान्ड, चेक रिपब्लिक, युक्रेन, पोर्चुगल

अन्तिम १६ का खेलहरु
जुन २६:- वेल्स विरुद्ध डेनमार्क
जुन २६:- इटाली विरुद्ध अष्ट्रिया
जुन २७:- नेदरल्यान्ड्स विरुद्ध चेक रिपब्लिक
जुन २७:- बेल्जियम विरुद्ध पोर्चुगल
जुन २८:- क्रोएसिया विरुद्ध स्पेन
जुन २८:- फ्रान्स विरुद्ध स्वीजरल्यान्ड
जुन २९:- इंग्ल्यान्ड विरुद्ध जर्मनी
जुन २९:- स्वेडेन विरुद्ध युक्रेन
