शीर्ष स्थानमा रहँदै इंग्ल्यान्ड नकआउट चरणमा

प्रज्जवल थापा । इंग्ल्यान्ड समूह ’डी’को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्यान्डले चेक रिपब्लिकलाई १–० गोलले हराउँदै अपराजित रहेर समूहचरणको अन्त्य गरेको हो ।

घरेलु मैदान वेम्वली रंगशालामा भएको खेलमा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्टेर्लिङले एक गोल गरे । पहिलो हाफको १२ औं मिनेटमा ज्याक ग्रेएलिसको पासमा स्टेर्लिङले गरेको गोल नै इंग्ल्यान्डको जितमा निर्णायक बन्यो ।

जितसँगै इंग्ल्यान्डले ३ खेलबाट ७ अङ्क जोड्दै समूहको शीर्ष स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको छ । यस्तै समान खेलबाट ४ अङ्क जोडेको चेकपनि तेस्रो स्थानमा रहने एक उत्कृष्ट टोलीको रुपमा नकआउट चरण प्रवेश गरेको छ । क्रोएसियापनि दोस्रो स्थानमा रहेर नकआउट चरण प्रवेश गर्दा स्कटल्यान्ड भने प्रतियोगिताबाट बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *