काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले सर्वोच्च अदालतको फैसलाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको बोध गर्नुपर्ने बताएका छन् ।
सर्वोच्चको फैसलापछि सामाजिक संजालमार्फत रावलले काम चलाउ प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् विस्तारमा संविधानको मर्म, लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धतिमाथि गरिएको घात र बेथितिलाई खारेज गरेको बताएका हुन् ।
उनले भनेका छन्, ‘आज सर्वोच्च अदालतको आदेशले काम चलाउ प्रम केपीबाट मन्त्रिपरिषद् विस्तारमा संविधानको मर्म, लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धतिमाथि गरिएको घात र बेथितिलाई खारेज गरेको छ । के प्रधानमन्त्रीले राजनीतिक नैतिकताको बोध गर्नुहोला ?’
आज सर्वोच्च अदालतको आदेशले काम चलाउ प्रमं केपीबाट मन्त्रिपरिषद् विस्तारमा संविधानको मर्म, लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धतिमाथि गरिएको घात र बेथितिलाई खारेज गरेको छ। के प्रमंले राजनीतिक नैतिकताको बोध गर्नुहोला?
मंपको विस्तार हुँदा तत्काल मैलै यस्तो ट्वीट गरेको थिएँ : pic.twitter.com/JjVziVlvd9— Dr. Bhim Rawal (@BhimRawal179) June 22, 2021
