ओलीको भ्याकेट निवेदनः कर्णाली प्रदेशका चार सांसदलाई उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालते पार्टीको ह्वीप उल्ल्घंन गरेका नेकपा एमालेको कर्णाली प्रदेशका ४ जना सांसदलाई जवाफसहित उपस्थित हुन आदेश गरेको छ ।

मंगलबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुँयालको संयुक्त इजलासले यस्तो आदेश गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र कर्णाली प्रदेशसभा सचिवालयले सर्वोच्चमा छुट्टाछुट्टै भ्याकेट निवेदन दिएका थिए ।

अन्तरिम आदेश खारेज गर्ने वा नगर्ने विषयमा छलफल गर्न सर्वोच्चले विपक्षी झिकाएर छलफल गर्न आदेश गरेको हो । यसअघि एमाले दशौं महाधिवेशन आयोजक कमिटीले गरेको कारवाहीलाई अवैध भन्दै सर्वोच्चले ४ जनाको पुनर्वहाली गरेको थियो ।

कर्णाली प्रदेशसभामा पार्टी ह्वीप उल्लंघन गरी मुख्यमन्त्रीलाई विश्वासको मत दिएका एमाले सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर शाही र कुर्मराज शाहीलाई एमालेको दशौं महाधिवेशन आयोजक समितिले निष्कासन गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *