प्रज्जवल थापा । नेपाली राष्ट्रिय फूटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणको लागि ५० खेलाडी छनोट गरेका छन् । अल्मुताइरीले मंगलबार साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत हुने अन्तिम चरणको छनोटको लागि ५० खेलाडीको छनोट गरेका हुन् ।
बन्द प्रशिक्षणको लागि बोलाइएको खेलाडीको नामवली:-
अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, किरण कुमार लिम्बु, आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिब लोप्चन, रन्दिप पौडेल, रवी पासवान, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिशिर लेखी, सुदिल राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी, तेज तामाङ, त्रिदेव गुरुङ
प्रशिक्षण जुलाई १ बाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुरु हुने अखिल नेपाल फूटबल संघ(एन्फा)ले जनाएको छ । प्रशिक्षण बिहान १० बजे र बेलुका ४ बजे गरि दुई समूहमा हुनेछ ।
तस्बिर:- एन्फा
