काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमाले प्रवेश गरेका स्थानीय तहका १४ जना जनप्रतिनिधिलाई कारबाही गरेको छ । सोमबार बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले तत्कालीन माओवादीबाट निर्वाचित भएका तर अहिले एमालेमा प्रवेश गरेका उनीहरूलाई कारबाही गरेको हो ।
यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो । बैठकले रौतहटको मौलापुर नगरपालिका प्रमुख रिना कुमारी साह, रौतहटकै कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहालगायत १४ जनालाई कारबाही पर्दै माओवादीबाट निष्कासन गरेको केन्द्रीय सदस्य रापदीप आचार्यले जानकारी दिएका छन् ।
पार्टीबाट निस्कासन गरिएका नेताहरुकोबारेमा दल त्यागको सूचना निर्वाचन आयोगले प्रकाशित नगरेको भन्दै आइतबार माओवादी केन्द्रका नेताहरुले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका थिए ।
