कुटपिटको आरोपमा ज्वाला संग्रौलासहित तीन जना पक्राउ

काठमाडौं । आफूलाई ‘सामाजिक अभियन्ता’ बताउने ज्वाला संग्रौलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । संग्रौलासहित शर्मिला वाइबा र हिमाल उपाध्यायलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिएका छन् ।

युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि अभद्र व्यवहार मुद्दामा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले खुस्बुमाथि १६ जेठमा आक्रमण गरेको थियो । संग्रौलाले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मणिकान्त झालाई प्रहरी कार्यालयमा रंगभेदी अभिव्यक्ति दिएर जातिय विभेद गरेकी थिइन् । सो प्रकरणमा उनीमाथि अनुसन्धान हुने एसपी बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *