काठमाडाैँ उपत्यकामा निषेधाज्ञा खुकुलाेः फेन्सी पसल खुल्ने बारअनुसार खुल्ने, निजी गाडीमा जोर बिजोर

काठमाडाैँ । काठमाडाैँ उपत्यकामा जारी निषेधाज्ञा आर्थिक गतिविधि चलायमान हुने गरी एक हप्ता थप गर्ने निर्णय गरिएकाे छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले भोलि सोमबार मध्यरातिबाट सकिन लागेको निषेधाज्ञा आर्थिक गतिविधि चलायमान हुने गरी थप गर्ने निर्णय गरेको हाे ।

थप गरिएको निषेधाज्ञामा बैंक, वित्तीय क्षेत्र, फेन्सी, भाँडा पसललगायत भीडभाड नहुने थप व्यवसाय समय तोकेर चलाउन  दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटटराईले जानकारी दिए ।

यसैगरी, निजी सवारी साधनलाई जोर बिजोर प्रणालीमा चलाउन दिने बैठकले निर्णय गरेको छ । सार्वजनिक सवारी साधन भने निषेधाज्ञामा चल्न पाउने छैनन् ।

विस्तारै कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै सबै क्षेत्र खुला हुनेछ । किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्याँसका पसल बिहान खुल्दै आएका छन् ।

विकास र निर्माणको कामलाई थप खुकुलो बनाई सहज रुपमा चलन दिने निर्णय  भएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि सोमबार रातिबाट सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *