निषेधाज्ञाका कारण बेहुलाले बेहुलीलाई मोटरसाइकलमा ल्याएर घर भित्राए

संखुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका –८ का सन्तोष श्रेष्ठले निषेधाज्ञाका बीच बेहुलीलाई आफैंले मोटरसाइकलमा चढाएर घरमा भित्राएका छन् । धर्मदेवीको आँखीभूईँबाट ती बेहुला–बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन् । बेहुला सन्तोषले धर्मदेवी नगरपालिका –७ की चन्द्रिका श्रेष्ठसँग विवाह गरेका हुन् । विवाहमा अन्य कुनै तडकभडक देखिएन ।

कोभिड–१९ का कारण १५ जनाभन्दा बढी उपस्थित हुन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले रोक लगाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *