ब्राजिलको फराकिलो जित

प्रज्जवल थापा । कोपा अमेरिकामा ब्राजिलले फराकिलो जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा ब्राजिलले पेरुलाई ४-० गोलले हराउदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो ।

एस्टेडियो निल्टोन सन्तोषमा भएको खेलमा ब्राजिललाई जित दिलाउन एलेक्स सान्ड्रो, नेयमार जुनियर, एभर्टन रिबेइरो र रिचार्लिसनले एक/एक गोल गरे । पहिलो हाफको १२ औं मिनेटमा जेससको पासमा एलेक्स सान्ड्रोले गोल गर्दै ब्राजिललाई शुरुवाती अग्रता दिलाएका थिए ।

६८ औं मिनेटमा फ्रेडको पासमा नेयमारले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए । ८९ औं मिनेटमा रिचार्लिसनको पासमा एभर्टनले गोल गर्दा ब्राजिल सहज जित तर्फ अगाडि बढेको थियो । अतिरिक्त समयमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई ४-० गोलको फराकिलो जित दिलाए ।

जितसँगै ब्राजिल २ खेलबाट ६ अङ्क जोड्दै समूहको शिर्ष स्थानमा रहेको छ । आजै भएको अर्को खेलमा कोलम्बिया र भेनेजुयलाले गोलरहित बराबरी खेले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *