मोदीलाई विज्ञको सुझाव लिन विपक्षी नेता राहुल गान्धीको आग्रह

भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीले बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो गल्ती स्वीकारी विज्ञहरूको सहयोग लिने बित्तिकै भारतको पुनर्निर्माण सुरु हुने दावी गरेका छन् ।

कामका शिलशिलामा भएका गल्तीलाई इन्कार गर्नु समस्या समाधान नहुने उनले बताएका छन् । भारतको गरिबीको बारेमा विश्व बैंकको तथ्याङ्कलाई उद्धृत गर्दै कोभिड महामारीको बेला विश्वव्यापी गरिबीबारे सार्बजनिक तथ्याङ्कमा भारतमा गरिबीको हिस्सा ५७.३ प्रतिशत रहेको भन्ने विवरण सबैको चासोको बिषय भएको गान्धीले बताएका छन् ।

गान्धीले ट्वीटरमा प्रतिवेदनको आधारमा सार्वजनिक प्रतिक्रियामा भनिएको छ, “यो सरकारको महामारीलाई व्यवस्थापन गर्दा भएको कमजोरीको परिणाम हो तर हामीले भविष्य हेर्नुपर्छ । प्रधानमन्त्रीले आफ्ना गल्तीहरूलाई स्वीकारेर विज्ञहरूको सहयोग लिने बित्तिकै हाम्रो देशको पुनर्निर्माणको थालनी हुनेछ ।”

“तथ्याङ्कलाई अस्वीकार मात्रै गरेर कुनै समस्या समाधान हुँदैन,” उनले भने । गान्धीले उक्त रिपोर्टको ग्राफ उदृत गरे र भने, “महामारीको समयमा विश्वव्यापी गरिबीको वृद्धिमा भारतको भूमिका उल्लेख्य छ । गरिब र मध्यम आय वर्गका लागि विश्वव्यापी परिवर्तनको हिस्सा क्रमशः ५७.३ प्रतिशत र ५९.३ प्रतिशत रहेको छ ।”

विश्वव्यापी गरीबी रेखा मुनि परेका वा मध्यम आय समूहबाट बाहिर निस्केको उक्त हिस्सा भारतको लागि पनि चिन्ताको बिषय बनेको गान्धीको धारणा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *