बेल्जियमलाई डेनमार्कको चुनौती

प्रज्जवल थापा । युरोकप अन्तर्गत आज हुने समूह ‘बी’ को खेलमा डेनमार्कले बेल्जियमलाई चुनौती पेश गर्दैछ टेलिआ पार्केनमा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजे शुरु हुनेछ ।

आज हुने खेल जित्दै बेल्जियम नकआउट चरण पुग्ने दोस्रो टोली बन्न चाहन्छ । यसअघि इटाली लगातार दोस्रो जित निकाल्दै नकआउट चरण प्रवेश गरिसकेको छ । पहिलो खेलमा रसियालाई हराएको बेल्जियम आजको खेल जितेको खण्डमा एक खेल अगावै अन्तिम १६ मा प्रवेश गर्नेछ । हाल बेल्जियम १ खेलबाट ३ अङ्क जोड्दै समूहको शिर्ष स्थानमा छ । बेल्जियम आफ्नो पछिल्लो १० खेलमा अपराजित रहेको छ ।

यता पहिलो खेलमा फिनल्यान्डसँग स्तब्ध बनेको डेनमार्क आजको खेल जित्दै अन्तिम १६ पुग्ने सम्भावना जिवित राख्न चाहन्छ । समूहको एकमात्र अङ्कविहिन टोली डेनमार्क आजको खेलमा सकारात्मक नतिजाको अपेक्षामा छ । दुई टोलीबिच भएको पछिल्लो दुई भेटमा दुवै खेल बेल्जियमले जितेको थियो ।

युक्रेन विरुद्ध नर्थ म्यासेडोनिया

यस्तै आजै हुने अर्को खेलमा युक्रेन र नर्थ म्यासेडोनिया भिड्दैछन् । आजको खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । युक्रेन पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो भने नर्थ म्यासेडोनियाले अष्ट्रियासँग हार बेहोरेको थियो ।

अन्तिम १६ प्रवेशको दाउमा नेदरल्यान्ड्स र अष्ट्रिया

खेल हुने समय

युक्रेन विरुद्ध नर्थ म्यासेडोनिया (बेलुकी ६:४५ बजे)
डेनमार्क विरुद्ध बेल्जियम (राति ९:४५ बजे
नेदरल्यान्ड्स विरुद्ध अष्ट्रिया (राति १२:४५ बजे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *