बाढी प्रभावित क्षेत्रमा उद्दारमा जुट्न नेता कार्यकर्तालाई नेपालको आग्रह

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बाढी पहिरो प्रभावित क्षेत्रमा उद्दारमा जुट्न पार्टीका नेता कार्यकर्तालाई अपील गरेका छन् ।

बुधबार बिहान विज्ञप्ति जारी गरी वरिष्ठ नेता नेपालले अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न जिल्लाहरुमा ठूलो धनजनको क्षति भएको भन्दै ती क्षेत्रमा उद्दार राहतमा जुट्न नेता कार्यकर्तालाई अपील गरेका हुन् ।

उनले प्रभावितहरूलाई बाँच्नका लागि न्यूनतम राहत, आवास, लत्ता कपडा एवम् स्वास्थ्य सामग्री सहितको व्यवस्थाका लागि सरकार एवम् परोपकारी संस्थाहरूकोर ध्यानाकर्षणसमेत गराएका छन् ।

उनले मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन भारी वर्षा हुने जनाएकाले नदी आसपासका क्षेत्रमा पानीको बहाव बढ्ने, पहिरो र डुबानसमेत हुने खतरा रहेकाले सतर्क रहनसमेत सम्बन्धित सबैलाई अनुरोध गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *