गण्डकीका मुख्यमन्त्रीलाई सोचेर चल्न कांग्रेस प्रवक्ताको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई अहिलेको समय संवेदनशील भएकोले सोचेर चल्न सुझाव दिएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत सुझाव दिँदै प्रवक्ता शर्माले आलोचित हुन एक भ्रम काफी भएकोले सही निर्णय गर्नसमेत सचेत गराएका छन् ।

संघीयतापछि कांग्रेसबाट पहिलो मुख्यमन्त्री बनेका पोखरेलाई सम्बोधन गर्दै शर्माले भनेका छन्, ’अक्सिजन सकिएर पोखराको अस्पतालमा जीवन गुमाएकी सुत्केरी अनि खर्च अभावमा अस्पतालबाट निकालिएको २१ दिनको शिशुलाई बजेट निर्माण गरिरहँदा सम्झनु नै हुनेछ।’ बधाई तथा शुभकामनासहितको सुझाव पत्रमा उनले मुख्यमन्त्रीलाई छायाँको पछि भन्दा पनि ऐनाको सुझाव लिनसमेत सुझाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *