प्रज्जवल थापा । कोपा अमेरिकामा चिली र अर्जेन्टिनाले बराबरी खेलेका छन् । स्टेडियो निल्टोन सन्तोषमा भएको खेलमा अर्जेटिना र चिलीले १-१ गोलको बराबरी खेलेका हुन् ।
अर्जेन्टिनाको लागि लियोनल मेस्सीले एक गोल गर्दा चिलीको लागि एडुआर्डो भार्गासले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकिन बाध्य भयो । पहिलो हाफको ३३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले फ्रि-किकमा सुन्दर गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।
५६ औं मिनेटमा भिडालको पेनाल्टी प्रहारलाई मार्टिनेजले बचाएपनि रिबाउन्डमा आएको बललाई भार्गासले गोल गर्दै चिलीलाई बराबरीमा ल्याए । बाँकी समयमा थप गोल हुन नसक्दा दुवै टोलीले एक/एक अङ्क बाढे ।
यस्तै समूहको अर्को खेलमा पराग्वेले १० खेलाडीमा समेटिएको बोलिभियालाई ३-१ गोलले पराजित गर्यो । पाराग्वेको लागि एन्जल रोमेरोले दुई गोल गर्दा एलेजान्ड्रो रोमेरोले एक गोल गरे । बोलिभियाको लागि एर्विन सावेद्राले एक गोल गरे ।
