निर्वाचन आयोगलाई जसपाको दुबै पक्षको निर्णय अमान्य

काठमाडौं । निर्वाचन आयोगले जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुबै पक्षले गरेको कारवाहीलाई कानूनसम्मत नदेखिएको भन्दै दुई अध्यक्ष रहने गरी पुरानै पदाधिकारीहरु कायम रहने निर्णय गरेको छ ।

आइतबार बसेको आयोगको बैठकले जसपाका दुबै पक्षको निवेदनलाई खारेज गरिदिएको हो । आयोगको निर्णयमा भनिएको छ, ‘एकजना अध्यक्षको हस्ताक्षरबाट राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ वमोजिम विवरण अद्यावधिक गरिदिन भनी जनकारी गराएको विषयलाई कानून र दलको विधानसम्मत मान्न मिलेन । पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरी अद्यावधिकका लागि अनुरोध भई आएकोमा माग वमोजिम अद्यावधिक गर्न मिलेन ।’

उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरेको थियो भने महन्थ ठाकुर पक्षले उपेन्द्र यादवलाई निस्कासन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *