बाँकेमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

बाँके । बाँकेका अस्पतालमा भर्ना भएका बाँके, बर्दिया, दाङ, सल्यान र बैतडीका गरी थप पाँच सङ्क्रमितको उपचारको क्रममा गएराति मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बैतडी पडचौडी नगरपालिका—८ निवासी ५५ वर्षीय पुरुष, बर्दिया राजापुर नगरपालिका—१ निवासी ४९ वर्षीया महिला, सल्यान कालिमाटी गाउँपालिका—२ निवासी ४६ वर्षीय पुरुष र दाङ लमही नगरपालिका—१ निवासी ३२ वर्षीया महिलाको मृत्यु भएको छ ।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बाँके बैजनाथ गाउँपालिका—५ का ६७ वर्षीय पुरुषको पनि गएराति मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट ३०७ र अन्य जिल्लाबाट यहाँ उपचार गराउन आउँदा ३३७ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *