उदयपुरमा घट्दै कोरोना सङक्रमण

उदयपुर । वैशाखको तेस्रो हप्तादेखि तिब्र रुपमा वृद्धि हुँदै गएको कोरोना सङ्क्रमण जेठको अन्तिम हप्तामा आएर उदयपुर जिल्लामा सुधार हुँदै गएको छ ।

स्वास्थ्य कार्यलय उदयपुरका अनुसार जेठको अन्तिम हप्तादेखि जिल्लामा कोरोना सङ्क्रमणमा निकै कमी आएको छ । बढी सङ्क्रमित भएको त्रियुगा नगरपालिकामा जेठको अन्तिम हप्तामा आएर ५ सय ३५ बाट सङ्क्रमितहरु घटेर २ सय ९० मा झरेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।

कटारी नगरपालिकामा १ सय १७ जना पुगेकोमा सङ्क्रमित घटेर ४५ जनामा झरेकोे छ । रौतामाई गाउँपालिकामा ७६ जना रहेकोमा घटेर २९ जना र लिम्चुङबुङ गाउँपालिमा ६४ जनाबाट सङ्क्रमित घटेर हाल २४ जनामा झरेको छ । त्यस्तै अन्य स्थानीय निकायमा पनि कमी आएको छ ।

जिल्लाको आठै पालिकामा कोरोना सङ्क्रमणका दर घटेर निको हुनेहरुको सङख्यामा पनि वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख प्रसाद मोहन सुवेदीले बताए । जिल्लामा हालसम्ममा ४७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

यसैबीच कोरोना सङ्क्रमणको अवस्थालाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यलय उदयपुरले जिल्लामा निषेधाज्ञाको समय जेठ २८ बाट बढाएर असार ७ सम्म थपेको छ । थप गरिएको निषेधाज्ञामा बिहानको ७ बजेदेखि दिनको १२ बजे सम्म पसलहरु खोल्न दिइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *