गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका नेपालीको दाबी पेश

गण्डकी । गण्डकी प्रदेशमा सरकार गठनको नेपाली कांग्रेसका प्रदेशसभा सांसद कृष्णचन्द्र नेपालीले बहुमत सांसदको समर्थनसहित दाबी पेश गरेका छन्।

विपक्षी गठबन्धनका ३१ जना सांसदसहित नेपालीले प्रदेश प्रमुख सीता कुमारी पौडेलसमक्ष दाबी पेश गरेका हुन्।

नेपालीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गर्नेहरुमा नेपाली कांग्रेसका १५ प्रदेशसभा सदस्य छन् भने नेकपा माओवादी केन्द्रका ११ जना, राष्ट्रिय जनमोर्चाका २ जना र जनता समाजवादी पार्टी नेपालका २ जना सांसद रहेका छन्। यस्तै, स्वतन्त्र प्रदेशसभा सदस्य दिपक मनाङेले पनि नेपाललाई समर्थन जनाएका छन्।

बिहीबार प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन असफल भएपछि गुरुङ नेतृत्वको सरकार ढलेको थियो। प्रदेश प्रमुखले दलहरुलाई वैकल्पिक सरकार गठन गर्नका शुक्रवार आह्वान गरेकी थिइन्। उनले शनिवार दिउँसो ३ बजेसम्मको सरकारमा दाबी गर्न समयावधी दिएकी थिइन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *