दुई हजार जरिवाना लिएर गणेश लामा रिहा

पोखरा । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा बिहीबार पक्राउ परेका गणेश लामा शुक्रबार रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले उनलाई २ हजार जरिवाना लिएर छाडेको हो ।

प्रहरीले उनलाई लेकसाइडको एक होटलबाट पक्राउ गरेको थियो । उनलाई कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशअनुसार कारबाहीका लागि प्रशासनमा पठाइएको कास्की प्रहरीका प्रवक्ता डिएसपी सुवास हमालले बताए ।

अध्यादेशमा निषेधाज्ञा उल्लंघन गरेमा एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत लिने बेलामा उनी आएकाले राजनीतिक चलखेल गर्न लागि आएको आशंका गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *