सर्वोच्चले नागरिकतासम्बन्धी अध्यादेश रोक्नु गलतः महन्थ ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकतासम्बन्धी अध्यादेश रोक्दा नागरिकता सम्बन्धी समस्या भयावह हुने बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवको सम्मानमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष ठाकुरले सर्वोच्चको आदेशप्रतिष् रुष्ट बनेका हुन् ।

अध्यक्ष ठाकुरले अध्यादेश पनि कानुन नै भएकाले सर्वोच्च अदालतले रोक्नु गलत भएको बताए । उनले ३ वर्षदेखि नागरिकता सम्बन्धी विधेयक संसदमा अड्किएको उल्लेख गर्दै संसदले नागरिकता सम्बन्धी विषयमा निर्णय गर्न नसकेको बताए ।

नागरिकताको अभावमा नागरिकहरु रोजगार, शिक्षा, व्यापार व्यवसायका लागि र विदेश जान समस्या भएको भन्दै राज्यको सेवा सुविधाबाट वञ्चित हुनुपरेको उनले बताए । उनले नवनियुक्त मन्त्रीहरुलाई आपसमा समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् ।

उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महताले जसपालाई देश र जनताको सेवा गर्ने अवसर प्राप्त भएकाले देश र जनताप्रति समर्पित भावले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *