भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री प्रदान

काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई कोभिडको उपचार तथा रोकथामको लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

शुक्रबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

भारतीय सेनाले एम्बुलेन्स, भेन्टिलेटर, आईसीयू बेड, पीपीई सेट लगायतका स्वास्थ्य सामग्री प्रदान गरेको छ । यसअघि भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोभिडविरुद्धको खेप दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *