अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक संसद्‌मा पेस गर्न स्वीकृति

काठमाडौँ । सरकारले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ संशोधन गर्न बनेको विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृति दिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संसद्‌मा पेस गर्न स्वीकृति प्रदान गरेको हो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले यसबारे जानकारी दिएका हुन् ।

बैठकले आर्थिक वर्ष २०८१/८२ को व्यवस्थापन परीक्षणको वार्षिक प्रतिवेदन कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने निर्णयसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *