श्रीलंका भ्रमणको लागि धवनको कप्तानीमा भारतीय टोलीको घोषणा

प्रज्जवल थापा । ओपनर ब्याट्सम्यान शिखर धवनको कप्तानीमा श्रीलंका भ्रमणको लागि भारतीय क्रिकेट टोलीको घोषणा भएको हो । भारतको छनोट समितीले बिहीबार अर्को महिना श्रीलंका विरुद्ध हुने ३ ओडिआई र ३ टि-२० आई खेलको लागि टोलीको चयन गरेको हो ।

सोही समयमा भारतका मुख्य खेलाडीहरु इंग्ल्यान्ड भ्रमण रहने भएकाले छनोट समितीले घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई समेटेर टोलीको घोषणा गरेको हो ।

भारतले जुलाई १३ मा पहिलो ओडिआई खेल्दै सिरिजको शुरुवात गर्नेछ । दोस्रो ओडिआई जुन १६ र तेस्रो ओडिआई जुलाई १८ मा हुनेछ । यस्तै पहिलो टि-२० आई जुलाई २१ मा हुनेछ भने दोस्रो र तेस्रो ओडिआई क्रमशः जुलाई २३ र २५ मा हुनेछ ।

भारतको टिम:- शिखर धवन(कप्तान), पृथ्व शह, देभदत्त पडिक्कल, रुतराक गैकवाड, शुर्यकुमार यादव, मनिष पाण्डे, हार्दिक पाण्ड्य, नितेश राना, इशान किशान(विकेटकिपर), सन्जु सामसन(विकेटकिपर), युज्वेन्द्र चहाल, राहुल चाहर, के गोव्थाम, कुर्नाल पाण्ड्य, कुलदिप यादव, बरुन चक्रभर्ती, भुवनेश्वर कुमार(उपकप्तान), दिपक चहार, नवदिप सैनी, चेतन साकारिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *