माथिबाट ढुङ्गा खस्दा हुम्लाको चाला गुम्बामा ८० लाख बराबरको क्षति

सिमकोट । माथिबाट खसेको ढुङ्गा लागेर नाम्खा गाउँपालिका–४ चालामा रहेको गुम्बा भत्किएको छ । केही दिनअघि परेको अविरल वर्षाका कारण माथिबाट आएको ढुङ्गाले क्षति पुर्याएपछि गुम्बामा ८० लाख रुपैयाँ बराबरको क्षति भएको स्थानीय तोपछिरिङ लामाले जानकारी दिए।

“गएको जेठ २१ गते राति माथिबाट आएको ढुङ्गाले गुम्बामा ठूलो क्षति पुर्याएको छ”, लामाले भने, “ढुङ्गा लागेपछि गुम्बाको एक भागको पर्खाल भत्किँदा गुम्बाभित्र रहेको मूर्तिलगायत अधिकांश सामग्रीमा क्षति पुगेको छ ।”

लामा सांस्कृति र परम्परालाई जोगाइराख्न र बौद्ध धर्मालम्बीले दैनिक पूजापाठ गर्न लामो समय पहिले गाउँमै निर्माण गरिएको गुम्बामा माथिबाट आएको ढुङ्गाले झण्डै ८० लाख रुपैयाँ बराबरको क्षति गरेको नाम्खा–४ का वडाध्यक्ष सोनाम हिसे तामाङले बताए । ढुङ्गाले ८० लाख बराबरको क्षति पुगेको छ । यालवाङबाट गएको प्रहरीको टोलीले गरेको स्थलगत मुचुल्काका अनुसार गुम्बामा अहिले ८० लाख बराबरको क्षति पुगेको हो”, वडाध्यक्ष तामाङले भने ।

लामा समुदायले हरेक बस्तीमा ठूलो लगानीले निर्माण गरेको गुम्बामा बहुमूल्य धातु र मूर्तिसमेत राख्ने भएकाले निकै ठूलो क्षति भएको स्थानीयवासीले बताएका छन् । नाम्खा गाउँपालिकाको चालागाउँ जिल्ला सदरमुकाम सिमकोट र नाम्खाको केन्द्र याल्वाङदेखि पनि निकै दूरदराजको बस्तीका रूपमा चिनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *