आज नेपाल र अष्ट्रेलिया भिड्दै

प्रज्जवल थापा । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ को छनोट अन्तर्गत आज हुने अन्तिम खेलमा नेपालले एसियन पावरहाउस अष्ट्रेलियाको सामना गर्दैछ । कुवेतस्थित जाबेर अल अहमद रंगशालामा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजे शुरु हुनेछ ।

नेपालको विश्वकप छनोटको अर्को चरण प्रवेश गर्ने सम्भावना सकिसकेको छ भने अष्ट्रेलिया शिर्ष स्थानमा रहँदै अर्को चरण प्रवेश गर्ने लगभग पक्का भैसकेको छ । छनोटको पछिल्लो ६ खेलमा सतप्रतिशत जित निकालेको अष्ट्रेलिया आजको खेलमापनि सोही लयलाई निरन्तरता दिन चाहन्छ । हाल अष्ट्रेलिया ६ खेलबाट १८ अङ्क जोड्दै समूहको शिर्ष स्थानमा रहेको छ ।

यता नेपाल आजको खेलमा सकारात्मक नतिजाको अपेक्षामा छ । विश्वकप छनोटबाट बाहिरिएपनि नेपालको एसिया कप छनोटको अर्को चरण प्रवेश गर्ने सम्भावना जिवितनै रहेको छ । त्यसैले नेपाल आजको खेलमा राम्रो प्रदर्शन गर्दै छनोटको सुखद अन्त्य गर्न चाहन्छ । हाल नेपाल ७ खेलबाट ६ अङ्क जोड्दै समूहको चौथो स्थानमा छ ।

फिफा वरियतामा अष्ट्रेलिया ४१ औं स्थानमा छ भने नेपाल १ सय ७१ औं स्थानमा छ । २०१९ को अक्टोबरमा भएको खेलमा अष्ट्रेलियाले नेपालमाथि ५-० गोलको फराकिलो जित निकालेको थियो ।

यो पनि पढ्नुहोस् :- अष्ट्रेलियाविरुद्ध युवा खेलाडीलाई मौका दिइने

Leave a Reply

Your email address will not be published. Required fields are marked *