ओली पक्षद्वारा सुदूरपश्चिम प्रदेशका एमालेका १७ प्रदेश सदस्यसँग स्पष्टीकरण माग

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै नेकपा एमालेको केपी ओली पक्षले पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीका माधव नेपाल पक्षका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ ।

पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएको भन्दै एमाले प्रदेश कमिटीले १७ जनालाई २४ घण्टे स्पष्टीकरण पत्र पठाएको प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले जानकारी दिएका हुन् । उनीहरुलाई पार्टीको निर्देशन उल्लंघन गरेर मुख्यमन्त्रीको पक्षमा मतदान गर्नुको कारणसहित २४ घण्टाभित्र जवाफ पेश गर्न भनिएको छ ।

मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदा माधव नेपाल पक्षका १७ सांसदले भट्टको पक्षमा मत दिएपछि उनको पद जोगिएको थियो । यसअघि मुख्यमन्त्री भट्टलाई मत नदिएको भन्दै माधव नेपाल पक्षले भट्टलाई मत नदिने ओली पक्षका सात सांसदलाई पनि २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *