युरोकप-२०२० शुक्रबारबाट शुरु हुँदै, खेलतालिका हेर्नुहोस् (नेपाली समयमा)

प्रज्जवल थापा । युईएफए युरोपियन च्याम्पियनसिप(युरोकप), फिफा विश्वकपपछि सबैभन्दा धेरै दर्शकले हेर्ने फूटबल प्रतियोगिता । झण्डै ५ वर्षको पर्खाइपछि युरोपेली राष्ट्रहरुको सहभागिता रहने युरोकप यहि जुन ११(शुक्रबार राति) बाट शुरु हुँदैछ । गत वर्षनै हुनुपर्ने प्रतियोगिता कोरोना भाइरस महामारीको कारण एक वर्षपछि धकेलिएको थियो ।

एक महिना चल्ने प्रतियोगितामा २४ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई ६ वटा समूहमा बिभाजन गरिएको छ । हरेक समूहमा ४/४ टोली रहेका छन् । हरेक समूहका शिर्ष दुई टोलीले अन्तिम १६ मा स्थान बनाउनेछन् । यस्तै तेस्रो स्थानमा रहने चार उत्कृष्ट टोलीपनि अन्तिम १६ मा पुग्नेछन् ।

युरोकप आयोजना भएको ६० वर्षपछि पहिलो पटक प्रतियोगिता युरोपको ११ वटा छुट्टाछुट्टै सहरमा हुँदैछ । शुक्रबार राति टर्की र इटालीबिच हुने उद्घाटन खेल ओलम्पिको रंगशाला रोममा हुनेछ । यस्तै दुई सेमिफाइनल खेल र फाइनल खेल लण्डनस्थित वेम्बली रंगशालामा हुनेछ ।

युरोकपको समूह
समूह ‘ए’ :- टर्की, इटाली, वेल्स,स्वीजरल्यान्ड
समूह ‘बी’ :- डेनमार्क, फिनल्यान्ड, बेल्जियम, रसिया
समूह ‘सी’ :- नेदरल्यान्ड्स, युक्रेन, अष्ट्रिया, नर्थ म्यासेडोनिया
समूह ‘डी’ :- इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्यान्ड, चेक रिपब्लिक
समूह ‘ई‘ :- स्पेन, स्वेडेन, पोल्यान्ड, स्लोभाकिया
समूह ‘एफ’ :- हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी

प्रतियोगिताको पूरा खेलतालिका (नेपाली समयमा) हेर्न र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

नेपालमा खेलको प्रत्यक्ष प्रशारण डिस होम अयाक्सन स्पोर्ट्सले गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *