अमेरिकाको फराकिलो जित

प्रज्जवल थापा । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अमेरिकाले फराकिलो जित निकालेको छ । बिहीबार बिहान भएको खेलमा अमेरिकाले कोस्टारिकालाई ४-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा अमेरिकालाई जित दिलाउन ब्रेन्डेन आरोन्सन, डार्यल डिके, रेग्गी कानोन र जिओभान्नी रेयनाले एक/एक गोल गरे । पहिलो हाफको आठौं मिनेटमा आरोन्सनले गोल गर्दै अमेरिकालाई शुरुवाती अग्रता दिलाएका थिए ।

४२ औं मिनेटमा डिकेले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । ५३ औं मिनेटमा कानोनले गोल गर्दा अमेरिकाले ३-० गोलको सहज अग्रता लिएको थियो । यस्तै ७७ औं मिनेटमा रेयनाले पेनाल्टीमा गोल गर्दै अमेरिकालाई ४-० गोलको फराकिलो जित दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *