‘अक्सिजनका लागि मेरो हजार’ मार्फत सहयोग

जाजरकोट । ‘अक्सिजनका लागि मेरो हजार’ अभियानमार्फत जाजरकोटमा १५० वटा अक्सिजन सिलिण्डर रिफिल गरिएको छ । विश्व महामारीका रूपमा फैलिएको कोराना भाइरसको सङ्क्रमण बढ्दै गएको र जिल्लामा अक्सिजनको अभाव हुनसक्ने कुरालाई ध्यानमा राखेर अक्सिजनका लागि आर्थिक सङ्कलन अभियान शुरु गरिएको थियो ।

पत्रकार भरत शर्मा, सरोज वली तथा विद्यार्थी नेता दिनेश गौतमलगायतको नेतृत्वमा सञ्चालित अभियानमा सङ्कलन भएको रकमले जिल्ला अस्पतालमा रहेका १५० वटा अक्सिजन सिलिण्डर रिफिल गरिएको हो । युवा पत्रकारसँगै जाजरकोट जुनिचाँदे घर भई हाल जापानमा अध्ययनरत खिमराज शाहको सक्रियतामा दुई लाख १८ हजार रुपैयाँ सङ्कलन गरिएको थियो ।

पत्रकार शर्मा र वलीको संयुक्त दस्तखतबाट ज्योति विकास बैंक, जाजरकोट शाखामा खोलिएको खातामा जम्मा भएको उक्त रकममध्ये १५० वटा अक्सिजन सिलिण्डर रिफिल गर्न ९० हजार स्वास्थ्य सेवा कार्यालयको खातामा जम्मा गरिएको हो ।

बाँकी एक लाख २८ हजारको स्वास्थ्य सामग्री खरिद गरी हस्तान्तरण गरिएको शर्माले जानकारी दिए । कोरोना महामारीबाट बच्न आवश्यक मास्क, व्यक्तिगत सुरक्षा सामग्री, सेनिटाइजर, अक्सिमिटरलगायतका सामग्री खरिद गरी जिल्लाको भेरी नगरपालिका र जुनिचाँदे गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *