थप ३३७० जनामा कोरोना संक्रमण, ९२ को मृत्यु, ६९५१ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ३३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३३७० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९१४९४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६९५१ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ४९७९६० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ९२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९९० पुगेको छ । क्वारेन्टाइनमा ७१८ जना छन् भने आइसोलेसनमा ८५५४४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *