कोरोना संक्रमणको तेस्रो लहरको पूर्वतयारी सुरु गरेका छौंः स्वास्थ्यमन्त्री तामाङ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले कोरोना संक्रमणको तेस्रो लहरको पूर्वतयारी सुरु गरिएको बताएका छन् ।

मन्त्री भएपछि सोमबार पहिलोपटक पत्रकार सम्मेलन गरी मन्त्री तामाङले मन्त्रालयले तेस्रो लहरको पूर्वतयारी सुरु गरेको जानकारी दिए । उनले भने, ‘तेस्रो लहरमा बालबालिकालाई प्रभावित बनाउने हो कि भन्ने छ, त्यसैले सातै प्रदेशमा बालबालिकालाई चाहिने आवश्यक आईसीयु कक्षसहितको अस्पताल बनाउने तयारी गर्दैछौं ।’

मन्त्री तामाङले मन्त्रालयले गर्ने सबै काम पारदर्शी हुने बताए । निष्ठापूर्वक, नियमपूर्वक गर्दा पनि त्रुटि भयो भने खबरदारी गर्न आमनागरिकलाई आग्रह गरेका छन् ।

मेरो आज नै अन्तिम दिन हो भन्ने स्मरणमा राखेर काम गर्ने उनले बताए । उनले भने, ‘भरे गरौंला, भोलि गरौंला भनेर राख्दिन, आज नै मेरो अन्तिम दिन हो भनेर काम गर्नेछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *